भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि यात्रा ‘एड्भाइजरी’ र नयाँ कार्यविधि जारी
काठमाण्डौ । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले भ्रमण भिसामा विदेश जाने नेपाली ठगीमा पर्न थालेपछि भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि १३ बुँदे नयाँ यात्रा परामर्श (ट्राभल एड्भाइजरी) र छ बुँदे कार्यविधि जारी गरेको छ ।
अध्यामगन विभागबाट आजदेखि लागू हुने गरी उक्त यात्रा परामर्श र कार्यविधि जारी गरिएको विभागका निर्देशक एवं सूचना अधिकारी...